डा. साहको गर्भको गर्व

नेपालखोज २०८० भदौ १२ गते ६:१६

काठमाडाैं । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्दारा लिखित गैरआख्यान कृति ‘गर्भको गर्व’ को लोकार्पण काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौंस्थित नेपाल चिकित्सक संघको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेत, लेखक डा. बालकृष्ण साह, नारी मासिककी सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सजिव तिवारी, पूर्व अध्यक्ष डा. लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्त रुपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन । कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसंग वास्तविक घटनामा आधारित छन् ।

साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक पुस्तकमा ९ वटा कथा समेटिएका छन् । ति कथा महिलाले गर्भावस्थामा भोग्नुपर्ने विविध जटिलतामा आधारित छन् । डा. साहले लोकार्पण समारोहमा आफुले देखेका, भोगेका कुराबाट नै यी कथा तयार भएको बताएका थिए । समारोहमा बक्ताहरुले कृतिका बारेमा प्रकाश पारेका थियो ।

प्रतिक्रिया