इराकमा भएको विस्फोटमा संलग्न ३ जनालाई फाँसी
नेपालखोज
२०८० भदौ १२ गते ११:५५

बग्दाद । इराकको राजधानी बग्दादमा सन् २०१६ मा ३०० भन्दा बढीको ज्यान जाने गरी भएको सवारी बम विस्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फाँसी दिइएको छ।
सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा भएको यो अहिलेसम्मकै सबैभन्दा घातक बम आक्रमण हो।
द इस्लामिक स्टेट ग्रुप (आइएस) ले उक्त आक्रमण आफूले गरेको जानकारी दिएको छ।
प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम र उनीहरूलाई कहिले-कहिले सजाय दिइएको हो भन्नेबारे उल्लेख गरेको छैन। यद्यपि उनीहरूलाई आइतवार र सोमवार मृत्युदण्ड दिइएको विवरणहरू सार्वजनिक भएका छन्।
एक सरकारी स्रोतले एएफपी समाचार संस्थालाई दिएको जानकारीअनुसार आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाईलाई मृत्युदण्ड दिइएको छ। जावबाईलाई सन् २०२१ मा अन्यत्रबाट पक्राउ गरी इराक फर्काइएको थियो।
सम्बन्धित

प्रतिक्रिया