बिहीबार, वैशाख २०, २०८१

आइएमई पे र कान्तिपुर सिनेमासबीच भुक्तानी साझेदारका लागि सम्झौता

नेपालखोज २०८० भदौ १२ गते १९:०८

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ ।

यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ ।

कान्तिपुर सिनेमास् एक ओटीटी प्लेटफर्म इत्त् एबितायच हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई कतचभबmष्लन सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ पाँच गते सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धिधत सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया