बुधबार, असार १८, २०८२

यदि ट्रेनमा बिरामी भइयो भने के गर्ने ?

नेपालखोज २०८० भदौ १३ गते १४:१२

काठमाडाैं । प्रत्येक दिन हजारौं नेपाली भारतीय रेलवे ट्रेनहरू मार्फत आफ्नो गन्तव्य तर्फ दौडिरहेका हुन्छन् । यस्तो अवस्थामा धेरै पटक ट्रेनमा ययात्रुको स्वास्थ्य निकै खराब हुन सक्छ । परदेसको ठाउँमा त्यो पनि रेलमा यस्तो अवस्था सृजना भए के गर्ने भन्ने जानकारि नहुनसक्छ ।

ट्रेनमा अचानक बिरामी भए भारतिय रेलको हेल्पलाइन नम्बर १३८ डायल गर्न सकिन्छ ।

१३८ मा फोन नलागे ९७९४८३४९२४ मा डायल गर्नुपर्छ । यसका लागि रेलमै भएका टिटि , गार्ड वा ट्रेनको प्रबन्धकलाई आफ्नो वा आफन्तको स्वास्थ्यका बारेमा जानकारी दिनसकिन्छ । यसबाहेक ट्विटरमा IRCTC ट्याग गरेर आफ्नो समस्या लेख्न सकिन्छ । त्यहाँ बाट तपाईको स्वास्थ्यको जानकारी रेलवेले कन्ट्रोल रुमलाई दिनेछ ताकि तपाईले छिट्टै उपचार पाउनु होस ।

प्रतिक्रिया