बाबर र रिजवानबीच ७५ रनको साझेदारी
नेपालखोज
२०८० भदौ १३ गते १६:५४

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीचको म्याच प्रतिस्पर्धात्मकरुपमा अघि बढेको छ । ओपनिङ जोडी गुमाएपछि पाकिस्तानलाई बाबर आजम र मोहम्मद रिजवानले सम्हालेका छन् ।
बाबर र रिजवानबीच ७५ रनको साझेदारी भइसकेको छ । उनीहरुको साझेदारी तोड्नु नेपालका लागि अत्यावश्यक छ ।
यो समाचार लेख्दासम्म २१.४ ओभरमा पाकिस्तानले १०१ रन जोडेको छ । बाबरले ३१ रन र रिजावानले ३६ रन बनाएर खेलिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया