मोबाइलको लतका कारण बालबालिका तथा किशोर/किशोरीमा अनिद्राको समस्या

नेपालखोज २०८० भदौ १८ गते ९:०५

बालबालिका तथा किशोरकिशोरीहरूको आँखा लामो समयसम्म मोबाइल(कम्प्युटरमा रहनु चिन्ताको प्रमुख कारण बन्दै गएको छ । सियाटल बाल अस्पतालको निद्रा केन्द्रका प्रमुख तथा बाल रोग विशेषज्ञ मेडा लिन चेन का अनुसार अहिले बालबालिका तथा किशोरकिशोरीहरूमा अनिद्राको समस्या बढ्दो छ ।

समस्या यतिमा मात्र सीमित नभएर किशोरकिशोरीहरु मानसिक रोगको सिकार हुने सम्भावना पनि बढेको उनको भनाइ छ । मेडा लिन चेन भन्छिन् – १० देखि १२ वर्षका बालबालिकाका लागि स्क्रिनमा धेरै समय बिताउनु कत्तिको हानिकारक छ भनेर पत्ता लगाउन थप अनुसन्धान जारी छ । एक अनुसन्धानलाई उद्धृत गर्दै उनले अमेरिकाका ४२ प्रतिशत किशोरकिशोरी पर्याप्त निन्द्रा नपाएका कारण मानसिक स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताइन् ।

यो अवस्था अमेरिकामा मात्र नभएर विश्वभर छ । विश्वभर ६ देखि १८ वर्षका १ लाख २० हजार भन्दा बढी युवामा गरिएको अध्ययनले सामाजिक सञ्जाल अनिद्राको प्रमुख कारण भएको फेला पारेको छ। टिकटक, इन्स्टा पोस्ट र रिल्सले मात्र यो समस्या बढाएको विज्ञहरुको भनाइ छ । बालबालिकाहरू रिल तथा पोष्टहरूबाट यति धेरै प्रभावित हुन्छन् कि उनीहरू यसका हर गतिविधिबाट अपडेट हुन चाहन्छन् । त्यसैले उनिहरु निरन्तर मोबाइल स्क्रोल गरिरहेका पाइन्छन् ।

पर्याप्त निन्द्रा आवश्यक

मस्तिष्कलाई स्वस्थ राख्न राम्रो र गहिरो निन्द्रा भन्दा राम्रो अरू केही हुँदैन , विशेष गरी बालबािकाहरूको मामिलामा यो सबै भन्दा महत्त्वपूर्ण हुन्छ । धेरै चिकित्सक तथा वैज्ञानिक संस्थाहरूले बढ्दो उमेरका बालबालिका तथा किशोरकिशोरीहरूलाई नियमित ८ देखि १० घण्टा सुत्नु पर्ने सिफारिस गरेकाछन्। यद्यपि, तथ्याङ्कहरूले देखाउँछन् भने पाँचमध्ये एक उच्च विद्यालयका विद्यार्थीले मात्र त्यसो गर्छन् ।

प्रतिक्रिया