सोमबार, वैशाख १७, २०८१

सय करोड कमाए पनि यी फिल्म फ्लप भए

नेपालखोज २०८० भदौ १९ गते १७:३४

काठमाडाैं । कुनै समय फिल्मले १०० करोड कमाएपछि सुपरहिट भनिन्थ्यो । यद्यपि समयसँगै हिट र फ्लपको यो मापदण्ड पूरै परिवर्तन भएको छ । अहिले ठूला बजेटका फिल्म बनाउन निर्माताहरुले पानीजस्तै पैसा खन्याइरहेका छन् । यस्तो अवस्थामा सय करोड कमाए पनि फिल्म हिट हुने ग्यारेन्टी छैन ।

आज हामी केही यस्ता फिल्मका बारेमा बताउन गइरहेका छौँ जसले १०० करोडभन्दा बढी कमाए पनि बक्स अफिसमा फ्लप साबित भए ।

किसीका भाई किसी की जान

सलमान खानको यो फिल्म सन् २०२३ मा इदको अवसरमा रिलिज भएको थियो । सामान्यतया यो पर्वमा रिलिज भएका सलमान खानका सबै फिल्म बक्स अफिसमा सुपरहिट साबित हुन्छन्, तर ‘किसी का भाइ किसीकी जान’लाई जनताले खासै रुचाएनन् । फिल्मले बक्स अफिसमा ११० करोड भारुको कारोबार त गर्यो तर ठुलो बजेटका कारण यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो ।

८३

रणवीर सिंहको फिल्म ८३ कोरोना महामारी लगत्तै थिएटरहरु खुलेपछि रिलिज भएको थियो । यो फिल्मबाट जनताले धेरै अपेक्षा गरेका थिए तर यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । मिडिया रिपोर्टहरु अनुसार यो फिल्मको बजेट २६० करोड भारु थियो तर यसले १०६ करोड भारु मात्र जम्मा गर्न सक्यो ।

ठग्स अफ हिन्दोस्तान

मानिसहरु आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को प्रतिक्षामा थिए । फिल्ममा अमिताभ बच्चन, कटरिना कैफ र फातिमा सना शेख पनि थिए तर यो फिल्मलाई दर्शकले खासै मन पराएनन् । ५० करोडभन्दा बढीको ओपनिङ गरे पनि यो फिल्म १०० करोड क्लबमा सामेल हुन सकेन । यो फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् ।

राधेश्याम

यो सुचिमा पान प्रभासको फिल्म राधेश्याम पनि छ । बाहुबली पछि यो फिल्म ठूलो बजेटमा बनेको थियो । तर, दर्शकले यसलाई अस्वीकार गरे । यो फिल्मले साउथ र हिन्दी भाषाको मिश्रण गरेर सय करोडको व्यापार गरे पनि बक्स अफिसमा सबैभन्दा ठूलो फ्लप घोषित भएको थियो ।

ट्यूब लाईट

सलमान खानको फिल्म ट्युबलाइटले पनि दर्शकको माया पाउन सकेन । सलमान भाइजानले फिल्मबाट धेरै आशा राखेका थिए तर कबीर खान निर्देशित यो फिल्म सफल हुन सकेन । इदको अवसरमा पनि चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन ।फिल्मले कुनै न कुनै रूपमा १०० करोडको व्यापार त गर्‍यो, तर सफल मानिन सकेन ।

प्रतिक्रिया