राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०८० भदौ २१ गते २१:४४

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुुद्दती निक्षेपको रुपमा २०८० असोज दुई गतेदेखि २०८१ असोज तीन गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्दती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, बिकास बैंकहरुको लागि २६ करोड ७० लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड ९० लाख रुपैयाँ रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही भदौ २४ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया