बुधबार, जेठ २, २०८१

हुकमा बाँधिएर समुन्द्रमा झुण्डिने पर्व

नेपालखोज २०८० भदौ २२ गते १७:२०

काठमाडाैं । यो अनौठो पर्व क्रोएसियामा मनाइन्छ। यसमा मानिसहरू आफ्नो शरीरलाई हुकमा बाँधेर समुद्रमा झुण्डिन्छन्। क्रोएसियामा आफ्नो शरीरलाई हुकमा बाँधेर हावामा झुण्डिदै ‘रमाइलो गर्ने’ उत्सव आफैमा अनौठो परम्परा हो।

तनाव कम हुन्छ

झुण्डिनु भनेको आफू भित्र गढेको कुरालाई बाहिर निकाली तनाब कम गर्ने तरिका हो भनिन्छ । यसो गर्ने मानिसहरु यसबाट अपार सुख पाईन्छ भन्छन् । आफ्नो शरीर हावामा झुन्डिएको छ र तल गहिरो समुन्द्र छ । छालामा हुक थ्रेडले अत्याधिक पीडा दिन्छ, जुन मानिसहरूका अनुसार ‘शरीरका लागि अनुपम अनुभव हो।’

यो पीडादायी र हास्यास्पद फेस्टिभलमा सहभागी मायाले आफूलाई निकै रमाइलो अनुभव भएको बताइन् । उनी भन्छिन् – मलाई यसको सुरुदेखि अन्त्यसम्म सबै कुरा मन पर्यो ।

यो केही पीडादायक हुन्छ तर मलाई मजा लाग्छ। जीवनको एउटा चरणबाट अगाडि बढ्न यो अनुभव लिनुपर्ने माया बताउँछिन्।

प्रतिक्रिया