आइतबार, जेठ ६, २०८१

अभिभावकको मुख्य दायित्व

नेपालखोज २०८० भदौ २३ गते ८:२१

बालबालिकाको असल बानी व्यवहार विकासको लागि अभिभावकले निम्नानुसारको सकारात्मक र रचनात्मक सहयोग पुर्‍याउनुपर्दछ: 
क) आदर्श व्यवहार: बालबालिकालाई आफूले असल व्यवहार गर्नेे र आफ्नो प्रेरणादायी अनुभव सुनाउनुहोस् ।
ख) अनुभूति आदानप्रदान: बालबालिकालाई आफ्नो माया, स्नेह व्यक्त गर्नुहोस् र अनुभूति गर्न समय दिनुहोस् ।
ग)  सराहनाः छोरीछोराले गरेको असल व्यवहारको सराहना गर्नुहोस् । उनीहरूको असल बानी व्यवहारको प्रशंसा गर्नुपर्दछ । 
घ) राम्रा र नराम्रा काम: के कस्ता काम, ठाउँ र व्यवहार बालबालिकाका लागि जोखिमपूर्ण छन्, केकस्ता काम गर्दा बालबालिकाले सम्हाल्न नसक्ने समस्या आउन सक्छन् र के के काम र व्यवहार गर्न सकिन्छ भन्ने बारेमा कथाको माध्यमबाट जानकारी दिन सकिन्छ तर यसरी जानकारी गराउँदा लिङ्ग र अपाङ्गताको आधारमा भेदभाव हुने, अपमान महसुस गर्ने कथा र सूचना दिनु हुँदैन । 
ङ) हौसला र पुनर्बल: उनीहरूले गर्न सकेका खेल, र कामका लागि स्याबासी दिने, सहयोग गर्ने र प्रयासको प्रशंसा गर्ने र भावनाको मौखिक तथा हाउभाउबाट कदर गर्नुपर्दछ । 
च) सहकार्य र जिम्मेवारी: बालबालिकालाई उमेर र अवस्था सुहाउँदो जिम्मेवारी दिनुपर्दछ र समस्या, चुनौती सामना गर्न हौसला दिनुपर्दछ । 

उचित अवसर, अभिभावकको प्रोत्साहन र समर्थनको अभावमा बालबालिकाको बानी, व्यवहारमा विचलन आउन सक्छ । यसका केही लक्षणहरू निम्न छन् ।
यी अवस्थामा मनोपरामर्शविद्सँग सल्लाह लिनुपर्दछः

  • निरन्तर रोइरहनु,    
  • निरन्तर स्तनपान मात्र गरिरहनु,
  • पूरक खानामा रुचि नहुनु र नखानु,    
  • अस्वाभाविक रूपमा अस्थिर र चकचक गर्नु,
  • आमाबुबाले भनेको नटेर्नु,    
  • निद्रामा झस्किने, बिछ्यौनामा पिसाब गर्नु,
  • टोलाईरहनु,     
  •  नबोल्नु, 
  • निस्कृय हुनु,     
  •  साथीसँग खेल्न मन नलाग्नु, 
  • पढ्नमा कमजोर हुनु,     
  • नकारात्मक सोचाईको विकास हुनु,
  • निस्सासिएर अत्तालिएर रुनु, मुर्छा पर्नु आदि

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया