कविता : त्यान्द्रोमा अल्झिएको जीवन
बसन्त बस्नेत
२०८० भदौ २३ गते ८:५६
आशाको त्यान्द्रोमा अल्झिएको जीवन,
कसैले बिडी पिएर जलाएछ,
यादै त थियो बचेको अब,
कसैले राजधानीमा हराएछ,
आँखाका त्यी लजालु भाकाहरू,
कसैले साहित्यमा नै लुकाएछ,
दौरा सुरुवालमा खाएको त्यो सपत,
कोटको भित्री गोजीमै अल्झिएछ,
मेरो देश, मेरो आमा भन्नेहरू,
खाडीको बालुवामै सेलाएछ ।
सम्बन्धित
प्रतिक्रिया