शनिबार, वैशाख २२, २०८१

सत्ताच्यूत भएको छु

राजेन्द्र शलभ २०७८ फागुन १४ गते ७:३७

तिम्रो मुस्कान खोसेको मैले नै हो
तिमी मित्र घृणा भरेको पनि मैले हो
मैले नै तिम्रा सहजहरूलाई
असहज बनाई दिएँ
तिमी भित्रको आक्रोश
मेरै कारणले जन्मेको हो
तिम्रो सकारात्मक सोचलाई
मैले नै नकारात्मक बनाएँ ।

०००

मात्तिएको थिएँ, – सत्ता मोहमा
मैले गरेको मात्र ठीक लाग्थ्यो
अरुका लागि सोच्नु भन्दा
म आफैमा रत्तिएको थिए
अरुको भन्दा
आफ्नो क्षणिक खुशी रोजी रहें मैले

०००

अहिले सत्ताच्यूत भएको छु
आफ्नै कुकृत्यहरूले झसंग भएको छु
ग्लानीले भरिएको छु
तर के म तिम्रो मुस्कान फर्काउन सकौंला
तिमी भित्रको घृणालाई
मायामा बदल्न सकौंला ?

प्रतिक्रिया