बुधबार, असार ११, २०८२

नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्न सरकारलाई आदेश

नेपालखोज २०८० भदौ २८ गते २०:३९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्न सरकारलाई आदेश दिएको छ । विगतमा भएका सन्धि सम्झौता एवं ऐतिहासिक दस्ताबेजका आधारमा मिचिएका सीमाक्षेत्रको स्पष्टता र सिमांकनका लागि भारतसँगको कूटनीतिक पहलमा विवाद समाधान गर्न सर्वोच्चले भनेको छ ।

भारतसँगको खुला सीमाका कारण अवैध र आपराधिक गतिविधि बढेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहितले रिट निवेदन दर्ता गरेका थिए । रिटमा गत वैशाख १२ गते नै फैसला भएको थियो । पूर्णपाठ भने बुधबार प्रकाशित भएको हो ।

प्रतिक्रिया