टाइटेनियम के हो र यो कहाँ पाइन्छ ?

काठमाडाैं । एप्पलले लन्च गरेको नयाँ आईफोनमा टाइटेनियम शेल छ जसका कारण फोन पहिलेको तुलनामा हल्का र बलियो भएको छ । अहिले मोबाइल फोनको उत्पादनमा टाइटेनियमको प्रयोग बढ्दै गएको छ । एप्पलको नयाँ मोडल बजारमा आएपछि टाइटेनियमको मागमा उल्लेख्य वृद्धि हुने आशा चीनका टाइटेनियम उत्पादकहरूको छ ।
चीन विश्वमा टाइटेनियम स्पन्जको सबैभन्दा ठूलो उत्पादक हो। विश्वको कुल उत्पादनको ५८ प्रतिशत चीनबाट आउँछ। त्यसपछि जापान (करिब १९ प्रतिशत) र त्यसपछि रुस (करिब १० प्रतिशत) छ। यसैगरी अमेरिका २०२२ मा टाइटेनियम स्पन्जको सबैभन्दा ठूलो आयातकर्ता थियो। अमेरिकाले ३६ प्रतिशत (लगभग ८३,००० टन) टाइटेनियम आयात गरेको थियो । टाइटेनियम खपतकर्तामा चीन दोस्रो स्थानमा (लगभग 13,000 टन) र त्यसपछि दक्षिण कोरिया छ ।
सबैभन्दा ठूलो निर्यातक
जापान २०२२ मा टाइटेनियम स्पन्जको सबैभन्दा ठूलो निर्यातकर्ता थियो। उसले अन्य देशहरूमा लगभग ३५,००० टन स्पन्ज पठाए। त्यसपछि कजाकिस्तान (लगभग १६,००० टन) र त्यसपछि साउदी अरेबिया थियो।
के मा प्रयोग गरिन्छ ?
टाइटेनियम एयरोस्पेस उद्योगमा प्रयोग गरिन्छ जहाँ यसबाट ल्यान्डिङ गियर, ब्लेड र टर्बाइन डिस्कहरू बनाइन्छ। समुद्री उद्योगमा जहाज र पनडुब्बीहरू पनि टाइटेनियम बाट बनाइन्छ। अटो क्षेत्रमा यसलाई इन्टरनल कम्जशन इन्जिनको पुर्जा बनाउन प्रयोग गरिन्छ।
टाइटेनियमले रासायनिक प्रशोधन प्रक्रियाका क्रममा क्र्याकिंङ विरुद्ध सुरक्षा प्रदान गर्दछ। टाइटेनियम तारको प्रयोग सुरक्षा बढाउन र तापमान नियन्त्रण गर्न गरिन्छ। खेलकुदमा यो गोल्फ क्लबहरूको हेड बनाउन पनि प्रयोग गरिन्छ।
दाँतमा टाइटेनियम
टाइटेनियम ज्वाइंन्ट रिप्लेसमेन्ट तथा डेन्टल इम्प्लान्टमा पनि प्रयोग गरिन्छ। यसको घनत्व मानव हड्डी जस्तै हुन्छ ।
टाइटेनियम नाम ग्रीक पौराणिक कथाको टाइटन्सबाट आएको हो। यो धातु पृथ्वीको पिण्डको ०.६ प्रतिशत हो। यो कडा, बलियो र हल्का धातु हो जसमा खिया प्रतिरोध गर्ने असाधारण क्षमता हुन्छ। यो स्टिल जत्तिकै बलियो तर ४५ प्रतिशत हल्का हुन्छ ।
रोयटर्स
प्रतिक्रिया