सुन प्रकणमा प्रदेश मन्त्रीको नाम मुछिएपछि एमालेले माग्यो जवाफ 

नेपालखोज २०८० भदौ ३० गते १५:३८

हेटौँडा । नेकपा एमालेले केही दिनअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा बागमती प्रदेशका मन्त्रीको जवाफ माग गरेको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशका खानेपानी,ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको जवाफ माग गरेका हुन्।

बैठकमा बोल्दै थपलियाले भने ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ। यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ’,उनले भने।

प्रतिक्रिया