मंगलबार, जेठ १, २०८१

राति राउटर अन गरेर सुत्दा यस्तो असर गर्छ

नेपालखोज २०८० असोज १ गते १४:२५

काठमाडाैं । के तपाईंको घरमा वाईफाईका लागि प्रयोग हुने राउटर राति पनि चालु हुन्छ ? यदि हुन्छ भने यसबाट हुने नोक्सानीको बारेमा सम्बभत : तपाईँलाई जानकारि छैन । प्रायः मानिसहरु घरमा वाईफाईका लागि प्रयोग हुने राउट राति पनि अन नै राख्छन् । यसो गर्दा विभिन्न किसिमका हानि-नोक्सानीको शिकार हुनु पर्छ ।

निद्रा प्रभावित

वाईफाईका लागि प्रयोग हुने राउटर रातभति अन हुन्छ भने यसले विभिन्न किसिमका समस्या उत्पन्न गराउँछ । वास्तवमा वाईफाईका लागि प्रयोग हुने राउटरबाट रेडिएशन निस्कन्छ, जसले हाम्रो निद्रालाई प्रभावित गर्छ । जुन घरमा रातभरी राउटर अन हुन्छ, त्यो घरका सदस्यलाई निद्रासंग सम्बन्धित समस्या हुन्छ ।

इन्सोम्नियाको समस्या

यदि घरमा चौबिसै घण्टा राउटर अन छ भने जुन स्थानमा राउटर राखिएको छ, त्यो स्थानमा सुत्ने व्यक्तिलाई इन्सोम्नियाको समस्या हुन्छ । यो समस्या हुँदा निद्रा नलाग्ने र निद्राका लागि औषधि सेवन गर्नु पर्ने अवस्था सृजना हुन्छ । निद्रा नलाग्ने यसप्रकारको समस्या पछि गएर गम्भीर हुन सक्छ । यस्तो समस्या उत्पन्न नहोस् भन्नका लागि राति राउटर बन्द गर्नु उपयुक्त हुन्छ ।

रेडिएशन

जुन घरमा रातभरी राउटर अन हुन्छ त्यो घरमा राउटरबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएशनका कारण केहि समयपछि शरीरमा विभिन्न समस्या उत्पन्न हुन्छ । राउटरबाट यस प्रकारको समस्या उत्पन्न हुन्छ भन्ने कुरा धेरै मानिसलाई जानकारी हुँदैन ।

इलेक्ट्रोम्याग्नेटिक रेडिएशन

इलेक्ट्रोम्याग्नेटिक रेडिएशनका कारणले शरीरमा केहि त्यस्ता रोगले जन्म लिन्छ, जुन खतरनाक हुन्छ । यसले शरीरलाई नराम्रो किसिमले प्रभावित तुल्याउँछ ।

सावधानी

इलोक्ट्रोम्याग्नेटिक रेडिएशनका कारणले शरीरमा हुने रोगहरुबाट जोगिन चाहने हो भने आफूलाई आवश्यक नभएको समय अथवा राति सुत्ने बेलामा राउटर बन्द गरिदिनु पर्छ ।

प्रतिक्रिया