सरकार र शिक्षकहरूबीच वार्ता सुरु
नेपालखोज
२०८० असोज ५ गते १५:५०

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा वार्ता सुरु भएको हो । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको हो ।
वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।
विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन्। आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया