२२ प्रहरी आफूखुसी गैरहाजिर

नेपालखोज २०८० असोज १० गते ७:४५

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो ।

कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

प्रतिक्रिया