नेपालसहित आठ देश खतराको सूचीमा

नेपालखोज २०८० असोज १३ गते ८:२४

यो वर्ष हिमखण्डमा व्यापक हानि हुने सम्भावना देखिएको अन्तर्राष्ट्रिय पर्यावरण विशेषज्ञहरुले अनुमान गरेका छन् । पर्यावरण विशेषज्ञ तथा नीति निर्माताहरुले हिम नदीहरु बचाउन जलवायूको क्षेत्रमा तत्काल अनि तिब्र रुपमा काम गर्न आह्वान गरेका छन् ।

इन्टरनेशनल सेन्टर फर इन्टीग्रेटेगड माउन्टेन डेभलपमेन्ट (इसिमोड) तथा नेपालको वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित शिखर सम्मेलनमा ‘हिन्दुकुश हिमालय क्षेत्र’ का आठ वटा देशका मन्त्रीहरु, राजनीतिक दलका नेता, वरिष्ठ नीति निर्माता तथा विशेषज्ञहरुले भाग लिएका थिए । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा नेपालसहित विभिन्न आठ देश समावेश छन् जसमा नेपाल, अफगानिस्तान, बंगलादेश, भूटान, चीन, भारत, म्यनमार तथा पाकिस्तान छन् ।

इन्टरनेशनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभका मुख्य वैज्ञानिक सल्लाहकार जेम्स किर्खम भन्छन् -यदि तुरुन्तै कुनै प्रतिकार्य गरिएन भने विश्वभरीका पर्वतीय हिमनदीको क्षति निश्चित छ ।

आईसीआईएमओडीका महानिर्देशक पेमा ग्याम्त्शो भन्छन् – हामीले अब पृथ्वीलाई त्यस्तो स्थितितर्फ बढ्नबाट रोक्नका लागि कार्य गर्नु पर्नेछ, जसको अघिल्तिर तिनले जीवनलाई कायम राख्न सक्दैनन् । दुई अर्ब मानिसहरु आफ्नो भोजन तथा जल सुरक्षाका लागि यी पवर्तहरुको पानीमा निर्भर छन् ।

किर्खम भन्छन् ( यसको परिणामस्वरुप आर्कटिक तथा अन्टार्कटिकामा हिउँ पघ्लेर हुने विनाशकारी नोक्सानको बारेमा संसार चिन्तित हुनु आवश्यक छ । हिमनदी पग्लिनाले सन् २०५० सम्ममा नेपालसहित बंगलादेशको ढाका, पाकिस्तानको कराँची, चीनको शांघाई तथा भारतको मुम्बईका ठुलो भू–भाग डुब्ने खतरा छ ।

किर्खमका अनुसार यसले त्यो जलवायु प्रणालीलाई अस्थिर बनाइदिन्छ, जसले पृथ्वीलाई सहस्राब्दिसम्म जीवन योग्य बनाइरह्यो तथा यदि उत्सर्जनमा वर्तमान वृद्धि जारी रह्यो भने यसको परिणामस्वरुप ढाका, मुम्बई, कराँची र शांघाईका ठूलो भू–भाग डुब्ने खतरामा छन् । उनी भन्छन्- सन् २०५० सम्म समुद्रको स्तरमा वृद्धिको परिणामस्वरुप केवल बंगलादेशमा मात्र १ करोड ८० जना मानिस शरणार्थी बन्नेछन् ।

वैज्ञानिकहरुले हिन्दुकुश हिमालयी क्षेत्रको हिउँले ढाकिएका स्थानको अध्ययन तत्काल गर्नु पर्ने आवश्यकतामा जोड दिएका छन् । यदि, वास्तवमै हिन्दुकुश पग्लिन थाल्यो भने त्यसले विभिन्न ठूला खतरा तथा संकट निम्त्याउने खतरा छ ।

प्रतिक्रिया