शनिबार, जेठ ५, २०८१

पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

नेपालखोज २०८० असोज १३ गते ११:५४

हाङ्गचौ । नेपालको पब्जी टोली १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।

शनिबार विहान हाङ्गचौं ईस्पोर्टस सेन्टरमा भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो । नेपालले समूहमा जापानलाई भने पछि पार्न सफल भयो ।

यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै फाइनल प्रवेश गर्न सफल रहे । नेपाल र जापानको यात्रा भने सेमिफाइनलमा रोकिएको छ ।

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय खर्चियो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेइले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो ।

पहिलो राउण्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिम रहेको थियो । तर त्यसपछि दुवै राउण्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा गर्यो ।

टोलीका कप्तान सुविन महर्जन ‘रुल्ज’ ले सेमिफाइनलमा बाह्रिनु पर्दा दुख लागेको बताए । ‘निकै दुख लागेको छ । पदकको लक्ष्य लिएर आएका थियौं । तर त्यो हासिल गर्न सकेनौं । जापानलाई पछि पार्नुभन्दा जित्नु ठूलो थियो,’ उनले भने ।

प्रतिक्रिया