शुक्रबार, वैशाख २६, २०८२

गाँजा बोकेको सुमो गाडी तथा मोटरसाईकलसहित छ जना व्यक्ति नियन्त्रणमा

नेपालखोज २०८० असोज १३ गते १३:५५

काठमाडौं । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ सय २० के.जी. गाँजा बोकेको सुमो गाडी र मोटरसाईकलसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरु भारत घर बताउने ३६ वर्षिय महोमद सिराज, २० वर्षिय अस्ताजु आलम , १९ वर्षिय नसिम आलम, ५२ वर्षिय ओम प्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षिय ओम प्रकाश साह र २० वर्षिय शिवम साह छन् ।

बीआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा राखी भारततर्फ लैजादै गरेको उल्लेखित परिमाणको गाँजासहित उनीहरुलाई नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो । भने प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाईकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

प्रतिक्रिया