धोविघाट, ललितपुर

सुनिल उलक २०८० असोज १६ गते ८:१०

हुन त नामले थाहा हुन्छ यो धोविहरुको लागी बनाइएको घाट हो । हुन त धोविहरुले नै कपडा धुने गरेको हुँदा पनि धोविघाट भनिएको पनि हुन सक्छ ।

जावलाखेलबाट पश्चिममा रहेको यो ठाँउको इतिहास धेरै पुरानो रहेको अनुमान यहाँको ढ्ङ्गेधाराले नै गर्न सक्छौ । त्यतिबेला एकान्त र सुनसान ठाँउमा कुनै खोला वा घाट बिना पनि यसरी ढुङ्गेधारा स्थापना गराउनुको उद्धेश्य धोविहरुकै लागी कपडा धुन बनाइएको भन्ने सहजै अनुमान गर्न सक्छौ । यो पचास वर्ष अगाडीकै तस्विरमा पनि चारैतिर खाली चौर देखिदा यहाँ कपडा सुकाउन निकै सहज थियो भनेर भन्न सक्छौ ।

यो धाराको इतिहास गुणकामदेवको समयमा भारतबाट ल्याइएका त्यतिबेला अछुत मानिएका धोविहरुलाई मानव वस्ति देखी टाढा एकान्तमा बसोबास गराइएको भन्ने देखिन्छ । यसरी केवल यिनिहरुकै प्रयोजनको लागी यो ढुङ्गेधारा बनाइएको भनिन्छ । यदि यहि नै सत्य हो भने यो धारा अन्दाजी ८०० वर्ष भन्दा पुरानो रहेको आकलन गर्न सकिन्छ ।

पहिले पहिले यो धारालाई ‘हिज्यापुखु:’ भनिन्थ्यो । यसको शाब्दिक अर्थ कपडा धुने धारा नै हो । तर पछि यसलाई नेपालीकरण गर्दै धोविघाट भन्न थालियो । भारतमा पनि धेरै जसो शहरमा यसरी धोविहरुकै लागी भनेर घाट बनाइएको भेट्दछौ ।

प्रतिक्रिया