भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

नेपालखोज २०८० असोज १६ गते १८:२८

धनगढी । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए ।

उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया