गैँडा मृत फेला
नेपालखोज
२०८० असोज १९ गते १२:५६

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।
गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।
मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया