सुनचाँदीको मूल्य बढ्यो
नेपालखोज
२०८० असोज २१ गते १२:१७

काठमाडौ । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ रहेको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलाको १३ सय १० रुपैयाँ कायम रहेको थियो ।
सम्बन्धित

प्रतिक्रिया