शुक्रबार, जेठ ३, २०८२

इजरायलमा अलपत्र परेका नेपालीको उद्धारका लागि निगमको जहाज बिहीबार बिहान जाने

नेपालखोज २०८० असोज २४ गते १९:४१

काठमाडौं । इजरायलको युद्धमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाज बिहीबार बिहान जाने भएकाे छ ।

युद्धमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि उड्न लागेकाे जहाजको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएको पर्यटन मन्त्रालयले जनाएकाे छ ।

जहाज दुबई हुँदै इजरायल पुग्नेछ र त्यहाँ समस्यामा परेका नेपालीलाई लिएर फर्कनेछ । यसअघि दुबई ट्रान्जिट बनाएर बुधबार राति ११ बजे उद्धार उडान भर्ने दिउँसाे निर्णय भएकाे थियाे ।

प्रतिक्रिया