पेट्रोलको प्रतिलिटर ११ र डिजेल प्रतिलिटर ५ रुपैयाँले घट्याे
नेपालखोज
२०८० असोज २८ गते १९:४५

काठमाडाैं । नेपाल आयल निगमले इन्धनकाे मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया