आईसीसी एकदिवसीय विश्वकप : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित
नेपालखोज
२०८० असोज २९ गते ५:४५

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गतको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो ।
भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । दुई सय ८५ रनको विजय लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको पारी दुई सय १५ रनमा समेटियो ।
क्रिकेट सम्बन्धिको वेभसाइट इएसपीएन क्रिकइन्फो डट कमका अनुसार इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रुकले ६६, डेविड मलानले ३२, आदिल रशिदले २०, मार्क वुडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले १०/१० रन बनाए । बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले तीन/तीन तथा मोहम्मद नवीले दुई विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया