मंगलबार, वैशाख १६, २०८२

नवदुर्गाको चौथो अवतार कूष्माण्डा देवीको पूजा एवं आराधना गरी मनाइँदै

नेपालखोज २०८० कार्तिक १ गते ५:१२

नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो अवतार कूष्माण्डा देवीको पूजा एवं आराधना गरी मनाइँदै छ । सृष्टिको अस्तित्व नै नभएको समयमा ब्रह्माण्डको रचना गर्ने यी आदि–स्वरूपा, आदिशक्ति देवीको बासस्थान सौर्यमण्डल भित्रै रहेको छ ।

सूर्यको समान कान्ति तथा चमक भएकी कूष्माण्डा देवीको आराधना गर्नाले आयू, यश, बल तथा आरोग्यको वृद्धि हुने विश्वास रहि आएको पाइन्छ ।

आठ हातमध्ये एक हातमा अष्ट सिद्धि तथा नव निधि प्रदान गर्ने जपमाला, अन्य सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतपूर्ण कलश, चक्र, गदा बोकेकी सिंहको सवारी गर्ने तेजश्वी देवी नै कूष्माण्डा देवी हुन् । यी देवीलाई अष्टभुजा देवी, आदि–स्वरूपा, आदिशक्ति आदि नामले पुकारिन्छ ।

प्रतिक्रिया