शनिबार, जेठ ४, २०८२

एसीसी यू-१९ प्रिमियर कप : सेमिफाइनलमा नेपाल र जापान भिड्दै

नेपालखोज २०८० कार्तिक ४ गते ६:१०

काठमाडाैं । नेपालले एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा अहिले बिहान जापानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह ए र जापान समूह डी को विजेताका रुपमा एकअर्का सँग भिडन लागेका हुन् ।

नेपाल र जापानबीचको सेमिफाइनल खेल शनिबार बिहान ७:१५ बजे प्रारम्भ हुनेछ । यसअघि नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेट तथा साउदी अरेवियालाई ३ सय १ रनले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।

सेमिफाइनल पुग्नुअघी जापानले हङकङलाई डकवर्थ लेविस पद्धतिका आधारमा ५७ रन, इन्डोनएसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लेविस पद्धतिका आधारमा ६ रनले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता युएई र समूह सी को विजेता सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।

फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरि तीन देसले आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । नेपाल यस अघि नै यू-१९ को विश्वकपमा छनौट भइसकेको छ ।

प्रतिक्रिया