शनिबार, जेठ ४, २०८२

उपाधिका लागि नेपाल र यूएई भिड्दै

नेपालखोज २०८० कार्तिक ७ गते ५:१६

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा आज मंगलबार यूएईसँग खेल्ने भएको छ ।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट तथा कतारलाई १० विकेटले हराएको थियो ।

प्रतिक्रिया