शनिबार, जेठ ४, २०८२

त्रिकोणात्मक टी-२० : उपाधिका लागि नेपाल र यूएई भिड्ने

नेपालखोज २०८० कार्तिक ८ गते २०:४३

काठमाडाैं । राजधानीमा जारी त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन् । नेपाल लगातार चार खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगिसेको थियो ।

तर, आज भएको खेलमा युएई हङकङसँग पराजय नजिक पुगे पनि  भएपनि रनरेटका कारण फाइनलमा पुग्न सफल भयो ।

 युएईले निर्धारित २० ओभरमा १३५ रन कटाउनु पर्ने थियो । युएईले १९.३ ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

सोही रन कटाउँदा रनरेटमा युएई अगाडि रहेर फाइनलमा स्थान बनाएको हो । २१३ रनको लक्ष्य पछ्याएको युएईको सुरुआत भने राम्रो नभए पनि १३५ रन बोर्डमा भने लगाउन सफल भयो ।  फाइनल खेल शुक्रबार कीर्तिपुर मैदानमा बिहान ११ बजेदेखि सुरुहुने छ ।

प्रतिक्रिया