कुवेतले यूएईलाई दियाे ८९ रनको लक्ष्य

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा कुवेतले यूएईलाई ८९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८८ रन बनायो ।
कुवेतका लागि डिजु सेली ६ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका मित भवसारले खाता खोल्न सकेकनन् भन कप्तान मोहम्मद असलमले २ रनमात्रै जोेडे ।
रजिना सन्दरवनले १४ बलमा २२ रनको सर्वाधिक ठूलो पारि खेले । १० ओभरको खेल जारी रहँदा कुवेतले ४७ रन बनाउँदा पाँचौं विकेट गुमाएर दवाबमा आएको थियो ।
त्यसपछि विलाल ताहिर पनि ठूलो स्कोर बनाउन असफल रहे । उनी व्यक्तिगत १५ रनमा आउट भएका थिए । यासिन पटेल १० रन बनाएर आउट हुँदा कुवेतले ६७ रन बनाएको थियो ।
लगत्तै सैयद मोनिब खाता नखोली आठौं विकेटको रुपमा आउट भए । सिराज खान १२ तथा निमिस लतिफले ११ रनमा नटआउट पारि खेले पछि कुवेतले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८८ रन बनायो । यूएईका जुनेद सिद्दिकी, निलनास केसवानी र अलिन नासेरले दुई दुई विकेट लिँदा निलनस केसवानीले एक विकेट लिए ।
प्रतिक्रिया