भारतमा डुंगा पल्टिँदा दुईजनाको मृत्यु
नेपालखोज
२०८० कार्तिक १६ गते २०:४२

नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा डुंगा पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु हुनुका साथै सातजना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुंगा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए ।
‘बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुंगा पल्टियो, दुईजनाको शव निकालेका छौँ र हराइरहेका सातजनाको खोजी भइरहेको छ,’ सारणका जिल्ला अधिकारी अमन समिरले भने, “पौडी खेलेर बचेका १० जना सुरक्षित छन् ।’
डुंगा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएका छन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया