यूएईले नेपाललाई जितका लागि दियो १ सय ३५ रनको चुनौती
नेपालखोज
२०८० कार्तिक १७ गते १२:४२

काठमाडाैं । आईसीसी टी–२० विश्वकपमा छनोट हुन निर्णायक एसिया छनोटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई जितका लागि १ सय ३५ रनको चुनौती दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १ सय ३४ रन बनाएको हो ।
नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछाने दुई तथा कप्तान रोहितकुमार पौडेल र सोमपाल कामीले एक/एक विकेट लिए । यूएईका दुई खेलाडी रनआउट भए ।
सम्बन्धित
प्रतिक्रिया