खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ

काठमाडौं । झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।
पर्सामा पर्सागढी नगरपालिका–४ हरदासपुर टोल बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै–झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
ललितपुर । ललितपुर महानगरपालिका–३ बल्खु शान्ती बस्ती डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएकी २६ वर्षीया मनिषा भुजेलको कोठाबाट सुन तथा चाँदीका गर–गहना समेत गरी करिब १ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया