मोटरसाइकल दुर्घटना हुँदा जर्मन नागरिकको मृत्यु
नेपालखोज
२०८० कार्तिक २४ गते १८:५५

पोखरा । मुस्ताङको जोमसोम जाँदै गरेका एक जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।
पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।
सडकदेखि करिब ६० मिटर तल भीरमा अल्झेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।
सम्बन्धित

प्रतिक्रिया