नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात
नेपालखोज
२०८० मंसिर ८ गते २०:३९

काठमाडाैं । नेपाल सुपर लिगमा डिफेन्डिङ च्याम्पियन काठमाडौंले दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल सुपर लिग (एनएसल)को दोस्रो संस्करणको उद्घाटन खेलमा पहिलो संस्करणको विजेता काठमाडौं रेर्जसले पहिलो पटक एनएसएल खेल्दै गरेको स्पोटिङ इलामलाई १–० गोलले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा काठमाडौंलाई जित दिलाउन राजिव लोप्चनले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमा नै काठमाडौंले इलामविरुद्ध गोल गर्दै अग्रता बनाउन सफल भयो ।
सम्बन्धित
प्रतिक्रिया