मंगलबार, वैशाख १६, २०८२

केपी ओली कप – कुशल भुर्तेलकाे शतक

नेपालखोज २०८० मंसिर १० गते १६:०७

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गरेका छ ।

मधेस प्रदेशविरुद्ध कुशलले ५५ बलमा शतक पूरा गरेका हुन् । उनले ८ चौका र ७ छक्का प्रहार गरेका छन् । उनी ५७ बलमा १०२ रन बनाएर आउट भएका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले १६ ओभरमा एक विकेट गुमाएर १३८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया