शान्ति समाजले “लोकतन्त्रको प्राणः सुशासन र सद्भाव” भन्ने आह्वानसहित देशव्यापी कार्यक्रम गर्ने

काठमाडाैं । शान्ति समाजले “लोकतन्त्रको प्राणः सुशासन र सद्भाव” भन्ने आह्वानसहित देशव्यापी कार्यक्रम गर्ने भएकाे छ ।
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्वर)का अवसरमा मानव अधिकार तथा शान्ति समाजले “लोकतन्त्रको प्राणः सुशासन र सद्भाव” भन्ने आह्वानसहित देशव्यापी कार्यक्रम आयोजना गर्ने भएको हाे ।
२०८० मंसिर १६ गतेदेखि शुरु हुने यो अभियानलाइ शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले संवोधन गर्ने भएका छन् । ११ मंसिर २०८० मा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शान्ति समाजले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ – स्मरणीय छ, शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध विगत ६ महिनामा विभिन्न जिल्लामा दर्जनौ प्रदर्शन गरिसकेको छ । भ्रष्टाचारका विभिन्न काण्डमा मूल दोषीलाई कारबाही नहुँदा एकातिर नागरिकहरुमा निरासा चुलिँदै गएको, अर्कोतिर सद्भावमाथि निर्घात प्रहार गर्दै लोकतन्त्र विरोधी आन्दोलनले टाउको उठाएको सन्दर्भमा विगतमा लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र लोकतन्त्रका लागि क्रियाशील शान्ति समाजको यो अभियान सुशासनको प्रत्याभुति र लोकतन्त्रको रक्षा खातिर केन्द्रित छ ।

प्रतिक्रिया