मंगलबार, वैशाख १६, २०८२

केपी ‌ओली कप : मधेशले सुदूरपश्चिमलाई हरायो

नेपालखोज २०८० मंसिर ११ गते १५:०६

पोखरा । केपी ‌ओली कप टी-२० क्रिकेटमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ ।

पोखरामा भएको खेलमा जितका लागि पाएको ५९ रनको लक्ष्य मधेशले २८ बलमै भेट्टायो ।

मधेशका लागि अनिल साहल २५ रन बनाए । इमरान शेख १७ र पवन सराफ १४ रनमा नट आउट रहे ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा आउट भएको थियो । उसका लागि नरेन्द्र साउदले १८ रन  बनाए भने भोजराज भट्ट र किरण ठगुन्नाले समान १० रन बनाए ।

मधेशका हरिशंकर शाहले ४ तथा रुपेश सिंहले ३ विकेट लिए ।

यो जितपछि समूहमा मधेस र नेपाल पुलिस क्लबको समान २ अंक भएको छ तर रन रेटमा पुलिस अघि छ । पहिलो खेलमा मधेशलाई हराएको पुलिसले सुदूरपश्चिमसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया