अवैध लागूऔषधसहित पक्राउ

नेपालखोज २०८० मंसिर ११ गते १५:३२

काठमाडौं । झापाको दमक नगरपालिका–९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका–१ बस्ने २० वर्षीय अनिस धिमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको खजुरा गाउँपालिका–४ हरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रमोद बानिया र अछाम मंगलसेन नगरपालिका–७ बस्ने २० वर्षीय पारस भण्डारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया