शुक्रबार, वैशाख २६, २०८२

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

नेपालखोज २०८० मंसिर १४ गते १२:४९

काठमाडाैं । बिहान काठमाडाैंबाट सिन्धुली जाँदै गरेको मोटरसाइकललाइ काभ्रेको रोशि गाउँपालिका स्थित बि.पी.राजमार्ग सडक खण्डमा बसले ठक्कर दिँदा एक महिलाको निधन भएको छ ।

काभ्रे रोशि गा.पा. ११ डालाबेशि स्थित बि.पी.राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा.प्र.०२-०२४ प ४०९२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टँदा सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नं. को बसले ब्रेक लगाउने क्रममा पछाडिको बायाँ भागले ठक्कर दिँदा दुर्घटना भएको हो ।

काठमाण्डौं महानगरपालिका ११ बस्ने ६१ वर्षकी बिन्दा गिरीको उपचाकाे क्रममा धुलिखेल अस्पतालमा निधन भएको छ । भने मोटरसाइकल चलाउने उनका श्रीमान ज्ञानराज गिरिको धुलिखेल अस्पताल उपचार भैरहेकाे छ । उनको हात र खुट्टामा चोट लागेको छ ।

ठक्कर दिने बस र बस चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालकको श्रीमती बिन्दा गिरीको उपचारको क्रममा ११.१९ बजे मृत्यु भएको धुलिखेल अस्पताल घोषणा गरेको हो।

प्रतिक्रिया