आइतबार, वैशाख २३, २०८१

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० मंसिर १७ गते ८:१९

काठमाडौं । गोरखाको गोरखा नगरपालिका–७ सिटीहलस्थित गोरखा सप्लार्यस किताब गोदाममा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा गोदाम पूर्णरूपमा जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बडारे बस्ने ३९ वर्षीय ईन्द्र बहादुर तामाङको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खु सुकुम्बासीस्थित पर्सा वीरगंज घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ३४ वर्षीय पप्पु कुमार गुप्ताको सनम प्लास्टिक कारखाना नाम गरेको कवाडी गोदाम र कपडा पेलेर रूवा बनाउने गोदाममा करेन्ट सर्ट भई गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया