शनिबार, वैशाख २२, २०८१

मृत अवस्थामा फेला

नेपालखोज २०८० मंसिर १७ गते ९:४९

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ गडेलटारस्थित कालिगण्डकी नदीको किनारमा पाल्पा पुर्वाखोला गाउँपालिका–१ घर भई हाल रामपुर नगरपालिका–७ किशानबारी बस्ने २२ वर्षीय सन्तोष पन्थी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका–९ पोखरा बस्ने ४० वर्षीय कृष्ण बहादुर डाँगी घर नजिकै रहेको पिपल चौतारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको पाचँखाल नगरपालिका–१३ तिमालबेशीस्थित कोशी नदीमा बनेपा नगरपालिका–६ बस्ने २० वर्षीया बिमला श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ झाङटारस्थित दरौदी नदीमा सोही ठाउँ बस्ने ७४ वर्षीय गज बहादुर बराम शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया