बुधबार, फागुन ९, २०८०

प्रधानमन्त्री दाहाल धनगढीमा

नेपालखोज २०८० मंसिर २२ गते १२:४१

गोदावरी (कैलाली) । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आइपुगेका छन् । धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उनी विहान धनगढी आइपुगेका हुन् ।

प्रधामन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गरे । भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए ।

अध्यक्ष अहिले दाहाल कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन् । सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । /rss

प्रतिक्रिया