अमेरिकाको टेनेसीमा भीषण आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते
नेपालखोज
२०८० मंसिर २४ गते १५:०९

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।
शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो ।
मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ । /rss
सम्बन्धित

प्रतिक्रिया