बुधबार, असार ४, २०८२

घट्यो सुनको मूल्य

नेपालखोज २०८० मंसिर २५ गते ११:०७

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १४१० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया