सचिनपछि धोनीको जर्सी नम्बर ७ पनि रिटायर भएको बीसीसीआईको घोषणा
नेपालखोज
२०८० मंसिर २९ गते १४:१९

काठमाडाैं । भारतीय राष्ट्रिय क्रिकेट टिमका खेलाडीले अब जर्सी नम्बर ७ प्रयोग गर्न नपाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले यस्तो निर्णय गरेको हो ।
बीसीसीआईले भारतीय क्रिकेट खेलाडीका लागि दुई वटा नम्बरका जर्सीलाई ‘रिटायर’ घोषणा गरेको छ । जसमा जर्सी नम्बर ७ र १० पर्छन् । जर्सी नम्बर १० सचिन तेन्दुलकरले प्रयोग गर्दथे । अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले सन्न्यास लिएसँगै यो जर्सी बीसीसीआईले अन्य खेलाडीका लागि बन्देज लगाएको थियो ।
जर्सी नम्बर ७ भने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले लगाउँथे । उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । धोनीको योगदानलाई कदर गर्दै बीसीसीआईले उनको जर्सी नम्बर अब अन्य खेलाडीलाई नदिने घोषणा गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया