बुधबार, जेठ १, २०८२

प्रतिलिटर ३ रुपैयाँले घट्याे पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपालखोज २०८० मंसिर २९ गते २०:२८

काठमाडौं । नेपाल आयल निगमले इन्धकाे मूल्य घटाएको छ । निगमले शनिबार बिहान १ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको मूल्य ३ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया